- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
काठमाडौ, बैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको निर्णयविरुद्ध पुर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । निर्वाचन आयोगले आफ्नो राप्रपाकोे विधानबाट ‘हिन्दुराष्ट्र र राजसंस्था’ हटाएपछि त्यसविरुद्ध आन्दोलन गर्दै आएको थियो ।
उसले आयोगलाई निर्णय सच्चाउन माग गर्दै बैशाख ८ गते देशभरका निर्वाचन कार्यलय घेराउ गर्ने कार्यक्रम राखेको थियो ।
राप्रपाले पुर्ववत निर्णय स्थगित गर्दै स्थानीय तहको निर्वाचन राप्रपाको मुख्य एजेण्डा भएको, निर्वाचन सुनिश्चितता पार्टीको प्राथमिकता भएको तथा निर्वाचन आयोगले पार्टीको माग बमोजिमको बिषय थाँतीमा राख्ने निर्णय गरेकाले आन्दोलनका हाललाई संघर्षको कार्यक्रम स्थगित राप्रपाका सहायक प्रवक्ता माेहोन श्रेष्ठले रातोपाटीलाई बताए ।
यद्यपि पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म राप्रपाको विरोध जारी रहने र आगामी चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाउने राप्रपाले जनाएको छ ।
निर्वाचन आयोगले हिजो एक विज्ञप्ति जारी गरी राप्रपाको मागको सम्बन्धमा चुनापछि आवश्यक निर्णय लिने भन्दै हाललाई सो निर्णय थाती राख्ने निर्णय गरेको थियो ।
यसै वीच राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्बन्धमा निर्वाचन आयोगले बुधबार जारी गरेको अर्काे प्रेस विज्ञप्तिप्रति राप्रपाले भनेको छ –निर्वाचन आयोगको गरिमा र संवैधानिक हैसियतबारे राप्रपा पूर्णतः सचेत छ । एक जिम्मेवार राजनैतिक दलको रुपमा पार्टीले संचालन गरेको र गर्ने कार्यहरु संविधान र प्रचलित कानुन अनुरुप रहेको र रहने व्यहोरा स्पष्ट गर्दछौं ।’
निर्वाचन आयोगले बैशाख ६ गते एक विज्ञप्ति जारी गर्दै राप्रपाले आयोगका निर्णयविरुद्ध गर्दै आएका गतिविधिप्रति कडा आपत्ति जनाएको थियो ।

Comments
Post a Comment