- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
काठमाडौं, बैशाख ७ – नेपाल मजदुर किसान पार्टीले २८ जिल्लामा स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ । बिहिबार काठमाडौंमा स्थानीय तहको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले २८ जिल्लामा चुनावी प्रतिष्पर्धा गर्ने बताए ।
बिजुक्छेले भने– ‘२८ जिल्लामा पार्टी दर्ता भएको छ, ती जिल्लामा हामी प्रतिनिधी खडा गर्छौ अहिलेसम्म पूर्ण लगत आइसकेको छैन ।’ उनले स्थानीय तहको चुनाव जसरी नी सम्पन्न गर्नुपर्ने बताँउदै चरणबद्ध रुपमा चुनाव गर्न सुझाव दिए । उनले २०१५ सालको आमनिर्वाचन पनि धेरै चरणमा भएको स्मरण गर्दै भने– ‘२०१५ सालमा पनि धेरै चरणमा चुनाव भएको थियो, कतै अलमल भयो भने त्यो ठाँउमा अर्को पटक चुनाव गर्दा हुन्छ
नेमकिपाले १६ पृष्ठको स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।
बिप्लवले चुनाव बहिष्कार गर्नु उनको अधिकार
नेमकिपा अध्यक्ष बिजुक्छेले मधेस केन्द्रीत पार्टीहरुले चुनाव बहिष्कार गर्छु भन्दैमा आपत्ति मान्न नहुने बताए । उनले कसैले चुनाव बहिष्कार गर्छु भन्छ भने त्यो उसको अधिकार भएको बताए । उनले ३७ सालको जनमत संग्रहमा पनि धेरैले बहिष्कार गरेको बताए । नेत्रबिक्रम चन्द बिप्लवको पार्टीले पहिले पनि चुनाव बहिष्कार गरेको र अहिले पनि गर्छु भनेको प्रति अनौठो नमान्न आग्रह गर्दै त्यो प्रजातान्त्रिक अधिकार भएको बताए । उनले कसैले चुनाव बहिष्कार गर्दैमा चुनाव रोक्न नहुने बताए ।
थ्रेसहोल्ड शासक दलको निरङ्कुसता
पत्रकार सम्मेलनमा नेमकिपा अध्यक्ष बिजुक्छेले ३ प्रतिशत थ्रेसहोल्ड लगाँउने काम शासक दलको निरङ्कुस मनोबृति भएको बताए । उनले थ्रेसहोल्ड प्रजातन्त्र बिराधी रहेको बताँउदै ठूला दलले बिगतदेखि नै साना दललाई सरकार बनाँउन प्रयोग गरेको बताए । आफ्नो फाइदाका लागि सानो दललाई प्रयोग गर्ने र अहिले आएर साना दलको राजनीतिक स्वतन्त्रतालाई बन्देज लगाउने काम अन्यायपूर्ण भएको बताए ।

Comments
Post a Comment