सशस्त्र प्रहरीका पुर्व एआइजीमाथि आक्रमण

काठमाडौं, वैशाख २३ । सशस्त्र प्रहरीका पुर्व एआइजी ठाकुरमोहन श्रेष्ठमाथि राजधानीमा आक्रमण भएको छ ।

अंगरक्षकसँग हिँडेका बेला धुम्बाराहीस्थित उनीमाथि ५/६ जनाको समूहले आक्रमण गरेका हुन् । आक्रमणबाट उनको दाहिने हातमा चोट लागेको छ।

उनका अंगरक्षक पनि सामान्य घाइते भएका छन् । श्रेष्ठमाथि कसले र किन आक्रमण गर्यो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

महाराजगन्जबाट खटेको प्रहरीले श्रेष्ठमाथि आक्रमण गर्ने केहीलाई पक्राउ गरेको छ भने अन्यको पनि खोजी कार्य भइरहेको बताएको छ ।

Comments