- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
टोकियो । एकै पटक सयौं सर्वसाधारणले तीन कुने चन्द्र सुर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरोस्थित कार्यक्रम हलको स्टेजमा उभिरहेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे ।
जापानमा रहेका सयौं नेपालीहरुले एकै स्थानमा भेला भएर उनीहरुको अभिनन्दन गर्दा माहोल साँच्चै भावुक बनेको थियो, अनि कार्यक्रममा सहभागी हरेकले भावुक मुद्रामा पुनः निर्माण महाअभियानका महानायक धुर्मुस र सुन्तलीलाई अभिनन्दन गरे ।
कार्यक्रमको आयोजक संस्था सनराइज कर्पोरेशनले ‘धुर्मुस–सुन्तली साँझ २०१७’ को आयोजना गर्नुको मुल उद्देश्य पनि यही थियो । अर्थात् पुनः निर्माण र एकीकृत नमुना वस्ती निर्माण महाअभियानका नायकको अभिनन्दन ।
अनि कार्यक्रमको अर्को उद्देश्य थियो, उनीहरुको महाअभियानमा एक ईंटा थप्ने, अर्थात्, प्रवासी नेपालीहरुका तर्फबाट उनको अभियानका लागि केही आर्थिक सहयोग जुटाइ दिने ।
‘धुर्मुस–सुन्तली साँझ २०१७’ यसैका लागि आयोजना गरिएको थियो र यो जापानमा नेपालीहरुले गरेका कार्यक्रम मध्ये अहिलेसम्मकै सफल कार्यक्रम रहेको आयोजकले बताएको छ । नेपालीहरुका प्रिय कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो अभिभावकका रुपमा मान्दै आएका चर्चित प्रस्तोता दिनेश डिसी, चर्चित पप गायक दिपक बज्राचार्य र हास्य कलाकार बांगे बाको समेत कार्यक्रममा बेजोड प्रस्तुती रहेको थियो ।
आयोजकका अनुसार ‘धुर्मुस–सुन्तली साँझ’ र च्यारिटी डिनर कार्यक्रम सहित जापानबाट २८ लाख ६० हजार ८ सय ८६ नेपाली रुपैयाँ (३१ लाख ५४ हजार २ सय ४ जापानी येन) संकलन भएको थियो । सो रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिसकिएको छ ।
कार्यक्रमको आयोजक संस्था सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकहरुबाट उठेको १४ लाख ३० हजार २ येन बराबरको रकम सिटी एक्सप्रेसको तर्फबाट अध्यक्ष महेश श्रेष्ठले कार्यक्रम हलमै डवल गर्ने घोषणा गरेका थिए । हलमा दर्शक र सिटी एक्सप्रेसको गरी २८ लाख ६० हजार ४ येन संकलन भएको थियो ।
कार्यक्रममा करिव सयको हाराहारीमा स्वयंसेवक परिचालन गरिएको थियो भने अभिनन्दनका लागि सयौं नेपाली झण्डा वितरण गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक हरी सापकोटाले जानकारी दिए ।
गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।
सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका सल्लाहकार जिज्ञानकुमार थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहनसिंह घले, सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठ, सनराईज कर्पोरेशनका प्रवन्ध निदेशक हरी सापकोटा, जेनिथ रेमिटका प्रवन्ध निर्देशक नविन निउरे लगायतले कलाकारहरुलाई खादा ओढाएर अभिनन्दन गरेका थिए ।
कार्यक्रमबाटै धुर्मुस सुन्तलीले हिमाल, पहाड र तराई जोड्ने एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई तिब्रता दिने बताए । उनीहरुले जापानवासी नेपालीहरुको माया र हौसला आफ्ना लागि मार्ग दर्शन भएको बताउँदै आफूहरुको चौथो प्रयासको थालनी जापानबाट गरिएको जानकारी गराए ।

Comments
Post a Comment